नबिल र एनआईसी एशिया बैंकलाई सेबोनद्वारा ऋणपत्र निष्कासनको अनुमति

2021-06-09
नबिल र एनआईसी एशिया बैंकलाई सेबोनद्वारा ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एनआईसी एसिया बैंक र नबिल बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।

सेबोनले यी दुुवै बैंकलाई बैंकलाई ३÷३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन को अनुमति प्रदान गरेको हो। बोर्डले एनआईसी एशिया बैंकलाई जेठ २० गते र नबिल बैंकलाई जेठ ११ गते ऋणपत्र निष्कासनको अनुमति प्रदान गरेको हो । 

बोर्डले एनआईसी एसिया बैंकलाई १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘एनआईसी एसिया डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति प्रदान गरेको हो । बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। बैंकको यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

यस्तै बोर्डले नबिल बैंकलाई १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासनको अनुमति प्रदान गरेको हो। बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: