नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

2022-03-02
नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको बेनी उपशाखाले बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा रमेश परियारलाई उनकै घरमा पुगेर मृत्युदाबी रकम हस्तातरण गरिएको हो । वडा अध्यक्ष हरि विकाश जि।सी। ले बिमाङ्क तथा बोनस रकम सहित पाँच लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जिसीले जीवन बीमा अनिवार्य आवश्यकताको विषय भएकाले सबै नागरिकहरुले अनिबार्य जीबन बीमा गर्नुपर्ने बताएका थिए । बिमित परियारलाई गत मंसिरमा पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग सुबिधा वापतको पाँच लाख रुपियाँ घरमै पुगेर प्रदान गरेको उपशाखा प्रमुख प्रकाश रेग्मीले बताए ।

वडा अध्यक्ष जि।सी।को अध्यक्षता, सिनियर एजेन्सी म्यानेजर चित्रनाथ शर्माको स्वागत मन्तब्य र उपशाखा प्रमुख प्रकाश रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा बीमा गरेका रगुगंगा गाउँपालिका–२, स्थायी घर भई बेनी नगरपालिका–८ बस्ने जीतबहादुर खत्रीलाई घातक रोग सुबिधा बापतको पाँच लाख रुपियाँको चेक हस्तान्तरण गरिएको छ । ११ महिना अगाडी जीबन बिमा खरिद गरेका खत्रीलाई प्याारालाईसिस भएपछी मंगलबार उनकै निवासमा पुगी कम्पनीका उपशाखा प्रमुख प्रकाश रेग्मीले चेक हस्तान्रण गरेका थिए ।

एकवर्ष भित्रै ४२ लाख ४४ हजार रुपैयाँ भुक्तानी

नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी बेनी उपशाखाबाट २०७८ सालको ११ महिनामा ४२ लाख ४४ हजार रुपैया दाबी भुक्तानी भएको छ ।

कम्पनीमा बीमालेख खरिद गरेका ६ जनाको परिवारलाई मृत्यु तथा घातक रोगको दाबी बापात सो रकम उपलब्ध गराईएको उपशाखा प्रमुख प्रकाश रेग्मीले बताए ।

मृत्यु दावी वापतको रकम चार जनालाई ३२ लाख ४४ हजार रुपैंया नेपाल लाईफको बेनी शाखा मार्फत भुक्तानी गरीएको छ । त्यस्तै घातक रोग वापतको क्यान्सर रोग पिडीत एक जनालाई पाँच लाख र शारिरीक रुपमा अशक्त ९प्यारालाइसीस० भएका एक जनालाई पाँच लाख गरी १० लाख भुक्तानी गरेको छ ।


Share this with your friends: