नेपाल लाइफद्वारा बिमा शुल्क आर्जनमा ४३.९०% को छलाङ, जीवन बिमाकोषमा ३२.८७% को बढोत्तरी

2020-08-03
नेपाल लाइफद्वारा बिमा शुल्क आर्जनमा ४३.९०% को छलाङ, जीवन बिमाकोषमा ३२.८७% को बढोत्तरी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै ७ अर्ब ८१ करोड बढी बिमा शुल्क आर्जन गरेको छ । 

कम्पनीले गत वर्षको यही अवधिको तुलनामा बिमा शुल्क आर्जनतर्फ ४३.९० प्रतिशतको छलाङ मारेको हो । अघिल्लो वर्षको यही अवधिका ५ अर्ब ४३ करोड बिमा शुल्क आर्जन भएको थियो । 

देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफले समीक्षा अवधिसम्म जीवन बिमा कोषको आकार बढेर ७२ अर्ब ३३ करोडको उचाई चुमेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो कोषको आकार ५४ अर्ब ४३ करोडमा सीमित थियो । यो हिसाबले जीवन बिमा कोषमा मात्रै ३२.८७ प्रतिशतको बढोत्तरी भएको देखिन्छ।

अघिल्लो वर्ष यही अवधिमा जगेडा तथा कोषमा ३ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा सो संकुचन भई समीक्षा अवधिमा २ अर्ब ६४ करोडमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा नेपाल लाइफको महाविपत्ति कोष जगेडामा ४७ करोड ४४ लाख जम्मा भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म ३७ करोड ११ लाख मात्र थियो । 

समीक्षा अवधिमा नेपाल लाइफले पुनर्बिमा कमिसनबाट १ करोड ३२ लाख, लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ४० करोड, बिमालेखको धितोमा कर्जाबाट ३८ करोड ६४ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा पुनर्बिमा कमिसनबाट, लगानी कर्जा तथा अन्यबाट र बिमालेखको धितोमा कर्जाबाट हुने आयमै राम्रो बढोत्तरी भएको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६७ करोड खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही  अवधिमा यस्तो भुक्तानी २ अर्ब ५९ करोड थियो । 

यो अवधिमा कम्पनीको खूद नाफा २० करोड ४४ लाख रहेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा २० करोड ४१ लाख थियो । 

समीक्षा अवधिसम्म कम्पनीमा १२ लाख ३९ हजार २४८ बिमा लेख कायम रहेका छन् । अघिल्लो वर्ष यही अवधिसम्म ११ लाख ८१ हजार १८३ बिमालेख कायम थिए । 

अपरिस्कृत वित्तीय विवरणका आधारमा कम्पनीको प्रतिसेयर आम्दानी १४.८८ रुपैयाँ, प्रतिसेयर नेटर्थ १५६.६८ रुपैयाँ, पीई अनुपात ५२.१६ गुणा र औसत प्रतिफल दर १०.३८ प्रतिशत रहेको छ । 


Share this with your friends: