नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

2022-03-13
नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले २१ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत २१ गते सोमबारका दिन पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांस गरी कुल १४.७३६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ।  

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने तथा यसमा सम्बन्धीत निकायबाट कुनै फेरबदल गर्न सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्न आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात,आय व्यय हिसाब, नाफारनोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा सञ्चालक समितिबाट संस्थापक सेयरधनी समूह क बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

कम्पनीले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आगामी चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।                                                                                                                   


Share this with your friends: