नेपाल लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-03-20
नेपाल लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत ६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। 

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांस गरी कुल १४.७३६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस नेपाल बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी चैत २१ गते आयोजना हुने २१ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।    


Share this with your friends: