नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

2022-06-13
नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आज कम्पनीको ७३ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो। 

उक्त सभा काठमाण्डौ प्रर्दशनीमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजे आयोजना हुन लागेको हो। उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६४ रुपैयाँको ११ प्रतिशतले हुन आउने १३ करोड ६६ लाख ५७ हजार २४२ रुपैयाँ बराबरको बोनस सेयर र ०.५७८९ प्रतिशतका दरले हुन आउँने ७१ लाख ९२ हजार ४८६ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यस्तै कम्पनीको अधिकृत चुक्तापूँजी २ अर्बबाट २.६ अर्ब पुर्याउने  र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा बोनस सेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०७ रुपैयाँ पुग्ने भएकाले सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ।

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ।व २०७७/७८ को लेखापरीक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ.व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: