नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

2022-03-13
नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७६र७७ को लाभांश पारित भएको छ।

काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वेभिनारमार्फत भएको सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु।३ करोड ३९ लाख ८ हजार ८९२ नगद लाभांश अनुमोदन गरेको हो। 

यसैगरी सभाबाट संस्थापक समूहबाट ३ जना प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली सञ्चालकमा निर्वाचित हुन भएका छन् भने सर्वसाधारण समूहबाट २ जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन्। 

सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षमा सम्पन्न भएको थियो। 

अध्यक्ष सिंहले कोभिडको प्रकोप यथावत रहे पनि प्रतिस्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरुका साथै बीमितको आवश्यकताअनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारका लागि राम्रो आधार सिर्जना भएको बताइन्। नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी माग हुने आँकलन गर्दै आर्थिक समावेशी एवं वित्तिय साक्षरतामा बृद्धि गर्ने नेपाल सरकारको प्रयासहरु साथै बढ्दो घरेलु वचत एवं प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिका कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको उनको धारणा थियो। 

अध्यक्ष सिंहले आव २०७६/७७ मा कम्पनीको सबै वित्तीय सूचकांकहरु उत्साहप्रद रहेको बताइन्। कुल बीमाशुल्क १५।१२ प्रतिशतले वृद्धि भई रु.९ अर्ब २६ करोड ७४ लाख पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले वृद्धि भई रु. ३३ अर्ब ४६ करोड पुगेको र कुल लगानी १८.८४ प्रतिशतले वृद्धि भई रु. ३१ अर्ब ८५ करोड पुगेको छ । 

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आव २०७६र७७ मा वार्षिक औसत प्रतिफल १०।१६ प्रतिशत कायम रहेको छ। यसका साथै कम्पनीको चुक्तापुँजीसमेत सन्तोषजनक रहेको र चालु वर्षको बोनससमेत गरी कुल पुँजी रु। ४ अर्ब ३ करोड नाघेको छ।

कम्पनीको बीमांकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निर्देशनअनुसार फ्युचर बोनस प्रोभिजोनिङमा यथेष्ट व्यवस्था गरिए पनि बीमितहरुलाई पूर्ववर्षसरह बोनस दर प्रदान गर्न सफल भएको छ। 

आगामी वर्षहरुमा समेत बीमितहरुलाई बीमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्षले कम्पनीको प्रतिबद्धता जनाएको छ। 

अध्यक्ष सिंहले आव २०७७/७८ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले वृद्धि भई रु.४ अर्ब नाघेको जानकारी गराए। आउने दिनहरुमा समेत नेसनल लाइफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकका रुपमा आमसर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रमणी भूमिका निर्वाह गर्नेमा विश्वास प्रकट गरे। कम्पनीले शाखा सञ्जाल, अभिकर्ता ब्यवसायीकरण एवं प्रविधिमा थप लगानी गर्ने योजना रहेको जानकारी गराइन्। 


Share this with your friends: