नेशनल लाइफद्वारा बिमा शुल्क आर्जनमा ३९% को छलाङ, जीवन बिमा कोष झनै मजबुत

2020-08-03
नेशनल लाइफद्वारा बिमा शुल्क आर्जनमा ३९% को छलाङ, जीवन बिमा कोष झनै मजबुत

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड बिमा शुल्क आर्जन गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड मात्रै बिमा शुल्क आर्जन गरेको थियो। यसरी कम्पनीले अघिल्लो वर्षको तुलनामा बिमा शुल्क आर्जनमा ३९ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

बिमा शुल्क आर्जनमा सन्तोषजनक प्रगति गरेको कम्पनीले आफ्नो जीवन बिमा कोषको आकार समेत बढाएर २८ अर्ब ६४ करोडको उचाई चुमाएको छ । अघिल्लो वर्ष यह िअविधमा यस्तो कोषको आकार २२ अर्ब ५४ करोड रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको महाविपत्ति जगेडामा २२ करोड ८४ लाख जम्मा भएको छ भने जगेडा तथा कोष ६५ करोड ७४ लाखको भएको छ । 

समीक्षा अवधिमा नेशनल लाइफले पुनर्बिमा कमिसनबाट ९३ लाख ६९ हजार, लगानी कर्जा तथा अन्यबाट ५६ करोड ६१ लाख तथा बिमालेखको धितोमा कर्जाबाट ९ करोड ५ लाख बढी आम्दानी गरेको छ । 

यो अवधिमा कम्पनीले ६१ करोड १० लाख दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ६४ करोड ६५ लाख बढीको दाबी भुक्तानी गरेको थियो । 

समीक्षा अवधिमा नेशनल लाइफले  ११ करोड ५३ लाख खूद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अविधिमा ८ करोड ४९ लाख मात्रै खूद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म कम्पनीमा ७ लाख ४५ हजार २६ बिमालेख कायम छ ।

समीक्षा अवधिको कम्पनीको प्रतिसेयर आम्दान रु. १५.३५, प्रतिसेयर नेटवर्थ १२१.८६ रुपैयाँ, पीई अनुपात २९.३२ गुणा कायम भएको छ । 


Share this with your friends: