नेसनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-03-06
नेसनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०२० रुपैयाँ थियो। 
कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १९ प्रतिशत बोनस सेयर र ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँबराबरको नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी  फागुन २९ गते आयोजना हुन गईरहेको ३३ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।   


Share this with your friends: