पहिलो महिला ब्रोकरको मृत्यु बिमा दाबी भुक्तानी एक महिनामै !

2020-08-03
पहिलो महिला ब्रोकरको मृत्यु बिमा दाबी भुक्तानी एक महिनामै !

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व.सुचिता खनालको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । 

स्व.सुचिता खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गरेकीमा बोनस सहित रु.६२,२०,०००(बैसठ्ठी लाख बीस हजार रुपैयाँ)को रकम बीमा दावी बापत भुक्तानी भएको हो । 
उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व.सुचिता खनालका पति रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे ।

कार्यक्रममा उक्त दावी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको कार्यकारी प्रमुखले बताए । 

रामेश्वरप्रसाद खनालले वीमा दाबी सहज र शीघ्र तरिकाले भुक्तानी भएकोमा नेशनल लाइफको व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरेका थिए । 

नेपालकै पहिलो महिला ब्रोकर सुचिता खनालको उपचारको क्रममा २०७६ असोज २१ गते क्यान्सरको उपचारको क्रममा निधन भएको थियो ।


Share this with your friends: