पिपुल्स पावरले असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-06-14
पिपुल्स पावरले असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आगामी असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला इलाम नगरपालिका वडा न.१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र इलाम नगरपालिका वडा न.१ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी असार ७ गते र ढिलोमा असार २२ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।       


Share this with your friends: