प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई,स्वीकृतिका लागि बीमा समितिमा पेस

2022-05-06
प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई,स्वीकृतिका लागि बीमा समितिमा पेस

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाईलाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृत भएपछि  लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो । 

समितिले प्रसाईलाई कम्पनीको सीईओमा नियुक्तको प्रस्तावलाई स्वीकृतीका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिबाट स्वीकृती प्राप्त गरेपछि सन्तोष प्रसाई कम्पनीको सीईओमा नियुक्त हुनेछन् । 

प्रसाई हाल प्रभु लाइफमा सल्लाहकारका रुपमा कार्यरत छन् ।  

 


Share this with your friends: