काठमाडौं। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ ।
प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरिएको हो ।
योजना व्यवस्थापक प्रभु क्यापिटलको भदो ३१ गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरुलाई आर्थिक २०८० ८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले प्रभु सेलेक्ट फण्डका लागि १० प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि ८.५० प्रतिशत लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ । यी दुवै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् ।