प्राइम लाइफको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-04-01
प्राइम लाइफको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको गत मंसिर १९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । 

कम्पनीले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । 

बुक क्लोज मितिपश्चात हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको खातामा भने अद्यावधिक गरेपछि जम्मा गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 


Share this with your friends: