फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा सर्वसाधारण सेयरधनी तर्फबाट ३ जना निर्वाचित

2020-12-04
फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा सर्वसाधारण सेयरधनी तर्फबाट ३ जना निर्वाचित

काठमाण्डौ । फर्स्ट  माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण सेयरधनी तर्फबाट ३ जना सञ्चालक निर्वाचित भएका छन्। 

संस्थाको मंसिर १८ गते सम्पन्न ११ औँ वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी(समूह ख) को तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित हुने नयाँ सञ्चालकमा वामदेव गौली, युवराज क्षेत्री र ज्ञानेन्द्र ईवाहाङ रहेका छन्। 

संस्थाको ११ औँ वार्षिक साधारण सभा यहि मंसिर १८ गते आयोजना भएको थियो । उक्त सभाले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव पारित गरेको थियो । 
पारित भएको लाभांसमा  ९.५० प्रतिशतले हुने आउने ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँबराबरको बोनस सेयर र ४.१८ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

 


Share this with your friends: