बीमासँग जोडिएका ठगीबाट बच्न यी कुरामा दिनुपर्छ ध्यान

2022-03-29
बीमासँग जोडिएका ठगीबाट बच्न यी कुरामा दिनुपर्छ ध्यान

काठमाण्डौ । विश्व महामारीपश्चात जीवन बीमाको माग वृद्धि भईरहेको छ। तथापी बजारमा दर्जनौ जीवन बीमा कम्पनीहरु र सयौँ बीमा प्रडक्टहरु उपलब्ध छन्। जसका कारण आफुलाई उपयुक्त हुने बीमा पोलिसी छान्न कठिनाई हुने गर्छ। यस्तोमा मानिसहरु बीमासम्बन्धी जालसाझीको सिकार हुने गर्छन। 

बीमासम्बनधी जालसाझीबाट बच्ने र आफुलाई उपयुक्त हुने बीमा पोलिसी छान्ने केहि तरिका यस्ता छन्। 

की–फिचर्स(मुख्य विशेषता)डकुमेन्ट पढ्ने

आम रुपमा मानिसहरुले बीमा पोलिसी खरिद गर्नअघि त्यसको की–फिचर्स डकुमेन्ट(केएफडी) पढ्ने गर्दैनन्। यसो गर्नु ठूलो भुल हुनसक्छ। 
की फिचर्स डकुमेन्ट पढेर आफ्नो आवश्यकता अनुसारको उपयुक्त बीमा पोलिसी रोज्दा फाइदा हुने गर्छ। 

प्रलोभनमा नपर्ने

तपाइँको डेटा वा जानकारी कयौँ एजेन्ट वा दुर्भावनापूर्ण कम्पनीहरुसँग हुनेसक्छ। यस्ता मानिसहरुले तपाइँको वर्तमान बीमा पोलिसी आवश्यकताभन्दा कम भएको भन्दै तपाइँलाई पोलिसी अपग्रेड गर्न वा बदल्न अनुरोध वा सल्लाह दिन सक्छन्। त्यसैले यस्ता अनुरोधबाट सकभर बच्नु नै उपयुक्त हुने गर्छ। यदि तपाइँले पोलिसी खरिद गर्नुअघि उचित छानबिन वा अनुसन्धान गुर्न भएको छ भने समयमा प्रिमियम भुक्तानी गर्नुनै तपाइँको हितमा हुन सक्छ। 

परिवारका नजिकका सदस्यहरुलाई सधैव सूचित गराउनुहोस्

परिवारका सदस्यहरुलाई तपाइँले खरिद गुर्नभएको जीवन बीमा पोलिसीका बारेमा पूर्ण जानकारी हुन आवश्यक हुने गर्दछ। ताकि तपाइँ नरहदा पनि परिवारका सदस्यहरुले बीमाको लाभ लिन  सकुन्। पोलिसीसम्बन्धी कागजातहरुलाई डिजिटल वा कागजी दुवै रुपमा स्टोर गर्नुपर्छ। यसो गर्दा आवश्यक परेका बेला सजिलै कागजात हासिल गर्न सकिन्छ। कथमकदाचित मृत्यु जस्तो भवितव्य आईहालेमा बीमाबाट प्राप्त हुने कसरी उपयोग गर्ने भन्ने बारेमा परिवारका सदस्यहरुलाई विस्तारमा भन्नुपर्छ। ताकि उनीहरुले पैसालाई सहि ढंगले उपयोग गर्न सकुन्। 

जीवन बीमाको आवश्यकताबारे जानकार रहनुहोस् 

बीमा खरिद गर्नुअघि आफुले बीमा पोलिसी किन खरिद गरिरहेको छु भन्नेबारे स्पष्ट हुनुपर्दछ। यसका साथै बीमा पोलिसीले प्रदान गर्ने सुरक्षा र सुरक्षा अवधिका बारेमा समेत गहिरो सोच विचार गरेर तय गर्नुपर्छ। अधिकांस मानिसहरु प्रिमियम बचाउने उदेश्यले अपेक्षाकृत कम अवधिका लागि वा अप्रयाप्त कभरका साथ पोलिसी खरिद गर्ने गर्छन। जुन गलत साबित हुनसक्छ। 

कुनै पनि व्यक्तिलाई कति मूल्यबराबरको जीवन बीमाको आवश्यकता छ भन्ने कुराको गणना उक्त व्यक्तिको परिवारको वर्तमान जीवनशैलीको खर्च के छ र भविष्यमा त्यसमा कति बढोत्तरी हुन सक्छ भन्ने करामा आधारित हुने गर्छ। यसको सामान्य नियमका अनुसार  बीमांक राशि तपाइँको वार्षिक आयको कम्तीमा २० गुणा हुनुपर्दछ। तथापी यस विषयमा कुनै विश्वासयोग्य सल्लाहकारबाट परामर्श लिनु सबैभन्दा उपयुक्त हुन्छ। 

उपयुक्त जीवन बीमा प्रडक्ट रोज्नुहोस्

बजारमा उपलब्ध कुन योजना तपाइँका लागि अनुकुल छ भन्नेबारे जान्न आवश्यक हुन्छ। आम रुपमा टर्म इन्स्योरेन्स,परम्परागत योजना वा युनिट लिंक्ड बीमा योजनाको बिक्री सबैभन्दा धेरै हुने गर्छ। टर्म इन्स्योरेन्स विशुद्ध सुरक्षाका लागि हुने गर्छ र यसलाई चाडै अर्थात कम उमेरमा लिइयो भने कम प्रिमियम चाहिन्छ। यसमा चाहनुहुन्छ भने गम्भिर रोग कभरेज,दुर्घटनाबाट हुने मृत्यु लाभका लागि अतिरिक्त राइडर पनि रोज्न सकिन्छ। 

tips   

Share this with your friends: