महामारीमा ट्राभल इन्स्योरेन्स पोलिसीको कस्तो हुन्छ महत्व ?

2021-03-01
महामारीमा ट्राभल इन्स्योरेन्स पोलिसीको कस्तो हुन्छ महत्व ?

काठमाण्डौ । विदेश घुम्न जानु छ भने हामी एक महिना अघि नै योजना बनाउने गर्दछौ। कपडा खरिद देखि लिएर कहाँ–कहाँ घुम्न जाने हो, त्यसको सूची बनाउने गर्दछौ। यसका साथै विदेशी मुद्रादेखि लिएर क्यामेरासम्मको व्यवस्था जुटाउने गर्दछौँ। तर यी सबै व्यवस्थापनका बीच के तपाई÷हामी यात्रा बीमा पोलिसी लिनतर्फ ध्यान दिन्छौ त ? के हामी विदेशमा मेडिकल इमरजेन्सी आयो भने कसरी आफुलाई सम्हाल्ने भनेर विचार गर्छौ ?

जुनसुकै बेला उत्पन्न हुन सक्छ मेडिकल इमरजेन्सी 

रोगको बारेमा केहि भन्न र अनुमान लगाउन सकिदैन। रोग जुनसुकै बेला पनि हुन सक्छ। कारोना महामारी यसको सबैभन्दा ठूलो उदाहरण हो। धेरैजसो मानिसहरु कोरोनाभाइरसले केहि पनि असर गर्दैन भन्ने गर्दथे। तर यो महामारीले धेरैलाई प्रभावित पार्दै ज्यान समेत लिईरहेको छ। त्यसैले तपाई पनि म युवा नै छु, मलाई रोगले छुन सक्दैन भन्ने सोच नराख्नुस। तपाईलाई बिरामी पार्न एउटा सानो घटना नै काफि छ। 

विदेशी उपचार महंगो हुने गर्दछ 

एउटा व्यक्ति जब विदेश घुम्न जान्छ तब उ त्यहाँ मेडिकल इमरजेन्सीको सामना गर्नुपर्छ भन्ने सोच बनाएर जाने गर्दैन। तर यदि यस्तो अवस्थाको सिर्जना भयो भने के गर्ने ? के विदेशी अस्पतालमा उपचार गर्न हामीले जम्मा गरेको पूँजी पर्याप्त हुन्छ ?यो सत्य हो कि स्वास्थय सेवा र औषधि पुरै विश्वमका महंगो भएको छ। अमेरिकाको कुरा गर्ने हो भने त्यहाँ उपचार गराउनु नेपालभन्दा कयौँ गुणा महंगो हुने गर्दछ। यस्तोमा स्वास्थय बीमा बिना नै विदेशमा यात्रा गर्नु जोखिमपूर्ण साबित हुनसक्छ। यस्तोमा रोगलाई कभर गर्ने ट्राभल इन्स्योरेन्स पोलिसी खरिद गर्दा उपयुक्त हुने गर्दछ। यस्तो पोलिसीले मेडिकल इमरजेन्सीको अवस्थामा तपाईको खर्चलाई पुर्ण रुपमा नियन्त्रणमा राख्ने गर्दछ। 

महामारीको दौरान ट्राभल इन्स्योरेन्स पोलिसीको महत्व

वर्तमान अवस्थामा कोरोना महामारी केहि हदसम्म नियन्त्रणमा आएको छ। तर हामीले यो भुल्नु हुदैन कि भाइरस अहिले पनि हाम्रो वरीपरी रहेको छ। त्यसैले सबैले सर्तकता अपनाउन आवश्यक छ। यदि तपाई केहि काम वा घुम्नका लागि विदेश जादैँ हुनुहुन्छ भने आफुसँग ट्राभल इन्स्योरेन्स पोलिसी अनिवार्य रुपमा राख्नु पर्दछ। ट्राभल इन्स्योरेन्स पोलिसी भयो भने कोरोना पोजेटिभ वा अन्य कुनै रोगबाट ग्रसित भईयो भने अचानक हुने मेडिकल खर्चहरुबाट बच्न सकिन्छ। 

अपरिचित देशमा ट्राभल इन्स्योरेन्स पोलिसीले अप्ठेरो समयमा सहारा प्रदान गर्ने मित्रको भुमिका निर्वाह गर्ने गर्दछ। यात्राको दौरान यसलाई तपाईले आफुसँगै राख्ने गर्नु पर्दछ। सबैका लागि ट्राभल इन्स्योरेन्स पोलिसी महत्वपूर्ण हुने गर्दा पश्न उठ्न सक्छ कि यसलाई कताबाट लिने भनेर। ट्राभल इन्स्योरेन्स पोलिसी त्यहिबाट लिनु पर्दछ जहाँबाट विदेशमा रोगका साथ–साथै कोभिड–१९ को कभर समेत प्राप्त गर्न सकिन्छ। यसका साथै जसको क्लेम सेटलमेन्ट रेसियो समेत राम्रो होस्। 

 


Share this with your friends: