महालक्ष्मी लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

2022-03-21
महालक्ष्मी लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा कम्पनीका विभिन्न ३८ शाखार उपशाखामा कार्यरत ३८ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत जानकारी गराइएको थियो। 

गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पार्नु भएको थियो। साथै कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक श्री प्रशान्तराज धमलाको समेत उपस्थिती रहेको थियो । 


Share this with your friends: