महालक्ष्मी लाइफले डाक्यो विशेष साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

2022-04-22
महालक्ष्मी लाइफले डाक्यो विशेष साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी वैशाख २५ गते आइतबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको होटल हुकुम दरबारमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको पूँजी वृद्धि गरी अधिकृत पूँजी ५ अर्ब र जारी पूँजी ३ अर्ब रुपैयाँ पुर्याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियामक निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पारित गरिनेछ । त्यस्तै पूँजीवृद्धि भएपछि कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ । 

सभामा महालक्ष्मी लाइफ र अन्य कुनै उपयुक्त जीवन बीमा कम्पनी एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजन सम्बन्धी सम्पूर्ण कार्याका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

 


Share this with your friends: