माघ महिनामा जीवन बीमा कम्पनीहरुले जारी गरे १०.३८ लाख बीमालेख, कसको कति ?

2022-03-01
माघ महिनामा जीवन बीमा कम्पनीहरुले जारी गरे १०.३८ लाख बीमालेख, कसको कति ?

काठमाण्डौ । माघ महिना जीवन बीमा कम्पनीहरुले १० लाख बढी बीमालेख जारी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिना मात्रै जीवन बीमा कम्पनीहरुले १० लाख ३८ हजार ५२२ बीमालेख जारी गरेका हन् । 

बीमा समितिका अनुसार माघ महिनामा मेट लाइफ इन्स्योरेन्सले सबैभन्दा बीमालेख जारी गरेको छ । यो एक महिनाको अवधिमा मेट लाइफले ६ लाख ७७ हजार ०५५ बीमालेख जारी गरेको छ । यस्तै बीमालेख जारी गर्नेको सूचीमा नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ । रिलायबल नेपाल लाइफ तेस्रो स्थानमा रहेको छ । कम्पनीले माघ महिनामा मात्रै ८१ हजार ८३३ बीमालेख जारी गरेको छ । 

यस्तै सिटिजन लाइफ ५९ हजार ७४८,सन नेपाल लाइफ ३५ हजार ८४३,सूर्या लाइफ २२ हजार ५००,ज्याति लाइफ १४ हजार ३४०,नेपाल लाइफ ८ हजार ६९७,एलआईसी ७ हजार ७१९, एशियन लाइफ ७ हजार ७१०, प्रभु लाइफ ५ हजार ५८९,आइएमई लाइफ ५ हजार १०२,युनियन लाइफ २ हजार ०४९,प्राइम लाइफ १ हजार ६७७,गुराँस लाइफ १ हजार ०९२, रिलायन्स ९७०,महालक्ष्मी लाइफ ९५०,राष्ट्रिय बीमा संस्थान ८४१ र सानिमा लाइफले ८१५ बीमालेख जारी गरेका छन् । 


Share this with your friends: