मेट लाइफद्वारा नयाँ बोनस दर सार्वजनिक, अधिकतम ८० रुपैयाँसम्म प्रदान गरिने

2022-03-27
मेट लाइफद्वारा नयाँ बोनस दर सार्वजनिक, अधिकतम ८० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७र७८ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। 

कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा आर्थिक वर्ष २०७७र७८ का लागि प्रति वर्ष प्रति हजार बीमांक रकममा बोनसदर निर्धारण गरेको हो । कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत १ देखि १५ वर्ष अवधिका लागि ६० रुपैयाँ, १६ देखि २० वर्षका लागि ७० रुपैयाँ, २१ वा सोभन्दा माथिका लागि ८० रुपैयाँ निर्धारण गरेको छ। 

कम्पनीले शिक्षा संरक्षण बीमा अन्तर्गत १ देखि १५ वर्षका लागि ६० रुपैयाँ, १६ देखि २० वर्षका लागि ७० रुपैयाँ र २१ वा सोभन्दा माथिका लागि ८० रुपैयाँ तोकेको छ। 

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १ देखि १५ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५५ र २१ वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ। 


Share this with your friends: