मेट लाइफद्वारा क्लिन अप नेपालसँगको सहकार्यमा सरसफाई कार्यक्रम आयोजना

2022-04-20
मेट लाइफद्वारा क्लिन अप नेपालसँगको सहकार्यमा सरसफाई कार्यक्रम आयोजना

काठमाण्डौ । मेट लाइफ नेपालले क्लिन अप नेपालसँगको साझेदारीमा बुढानिलकण्ठ मन्दिरमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । कम्पनीले सांस्कृतिक धरोहरका रुपमा रहेको बुढानिलकण्ठ मन्दिरको सरसफाईका लागि ‘लिटर क्लिन अप इभेन्ट’ आयोजना गरेको हो । 

कम्पनीले सबै सरोकारवालाहरूलाई स्वास्थ्य र वातावरणमा फोहोरको नकारात्मक प्रभावहरू र यसलाई कसरी कम गर्न सकिन्छ भन्ने चेतना जगाउनका लागि उक्त कार्याक्रमको आयोजना गरेको जनाएको छ । 

कार्यक्रममा बुढानिलकण्ठ नारायणथान व्यवस्थापन समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, महानगरीय प्रहरी प्रभाग, वातावरण संरक्षण अभियान नेपाल र युवा समूहको सहभागिता रहेको थियो । 

कम्पनीले यसलाई समुदायहरूमा स्वयमसेवा गतिविधिहरूमा संलग्न हुन प्रोत्साहित गर्न कम्पनीको विश्वव्यापी अभियानको हिस्सा भएको जनाएको छ । 


Share this with your friends: