जीवन बीमाः यी कारणले हुन सक्छ तपाइँको दाबी अस्वीकार

2020-11-30
जीवन बीमाः यी कारणले हुन सक्छ तपाइँको दाबी अस्वीकार

काठमाण्डौ । यदि तपाइँ बीमा पोलिसी खरिद गर्न चाहनुहुन्छ भने फर्म भर्दा बखत एकदमै सावधानी अपनाउनु पर्ने हुन्छ। कयौँ पटक यस्तो हुन्छ कि फर्म भर्दाखेरी हतार गर्दा हामीले गलत जानकारी भर्न पुग्दछौँ। जस कारण फर्म रिजेक्ट हुने गर्दछ। 

तथापि गलत भएपछि तपाइँले गलत जानकारी जानीजानी दिनु भएको हो कि वा अनजानमा यसले अर्थ राख्ने गर्दैन। त्यसैले बीमा कम्पनीहरुले गलत जानकारी वा अधुरा जानकारीलाई कारण देखाउँदै दाबी खारेज गर्न सक्छ। हामी यहाँ तपाइँलाई त्यस्ता कारण बारे बताउँदै छौ, जसले गर्दा तपाइँको बीमा दाबी खारेज हुन सक्छ। 

मेडिकल हिस्ट्री, जीवनशैली र पारिवारिक जानकारी लुकाउँदा 

तपाइँले फर्ममा सोधिएका जानकारीहरु भर्दाखेरी जहिले पनि आफ्नो जीवनशैली, मेडिकल हिस्ट्री र पारिवारिक इतिहासको बारेमा सम्पूर्ण जानकारी दिनुपर्दछ। विज्ञका अनुसार आफ्नो स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित जानकारी, विशेष रुपमा मद्यपान तथा धुम्रपानसँग सम्बन्धित जुन पनि प्रश्न सोधिएका हुन्छन्, त्यसको सहि जवाफ दिनुपर्दछ। यदि तपाइँ कहिले काहि मात्रै धुम्रपान गर्नुहुन्छ भने पनि यसबारे तपाइँले फर्ममा जानकारी दिनु पर्ने हुन्छ। यसलाई तपाइँले लुकाउन सक्नुहुन्न। प्रिमियमको भुक्तानी कम होस् भनेर जानकारी लुकाउँदा, तपाइँको फर्म रिजेक्ट हुन सक्छ। 

यदि पहिले नै कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने 

विज्ञका अनुसार बीमा कभरका लागि वर्तमान अवस्थामा सम्पूर्ण जानकारी अवगत गराउनु पर्दछ। यस्तो नगर्दा तपाइँको दाबी खारेज हुन सक्छ। तपाइँ यदि पहिलेदेखि नै कुनै रोगबाट पिडीत हुनुहुन्छ भने, त्यसको बारेमा नबताउँदा तपाइँको बीमा रिजेक्सन लिस्टमा पर्न सक्छ। 

दाबी फाइलिङमा ढिलाई 

विज्ञका अनुसार दाबी आवेदन दर्ता गर्नका लागि पहिले नै तय गरिएको मितिभन्दा अधिक समय लगाउँदा अनावश्यक आशंका उत्पन्न हुन सक्दछ। यस्तोमा बीमा कम्पनीले बीमकलाई जाचँको लागि लामो समयसम्म बोलाउन सक्छ। यस्तो अवस्थामा दाबी खारेज हुने सम्भावना अझै बढ्न सक्छ। 

पोलिसी ल्याप्स 

तपाइँको दाबी खारेज नहोस्, त्यसका लागि पोलिसी अन्र्तगतको प्रिमियम को भुक्तानी समय–समयमा गरिरहनु पर्दछ। यदि प्रिमियम भुक्तानीका कारण तपाइँको पोलिसी समाप्त भएको छ भने, तपाइँको बीमकले तपाइँको दाबीलाई अस्वीकार गर्न सक्छ। यदि पोलिसी समाप्त भएको एक दिन पछि मात्रै पनि दाबी गरिएको छ भने पनि बीमा कम्पनीले तपाइँको दाबीलाई खारेज गर्न सक्छ। 

 

tips   

Share this with your friends: