युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2022-03-17
युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको २१ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका भद्रपुर नगरपालिका ४ का बिमित विजयसिंह राजवंशीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
 
मृतक राजवंशीले भद्रपुर शाखामा २०७६ पुस २९ गते २० लाखको वार्षिक अग्रीम भुक्तानी जीवन बीमा गरेका थिए । मृतक राजवंशीले पहिलो किस्ता र दोस्रो किस्ता बापत २ लाख ४ हजार ३५२ रुपैंया भुक्तानी गरेका थिए । उक्त दाबी बापतको रकम कम्पनीका प्रदेश १ का प्रमुख भूपराज पराजुली, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवन श्रेष्ठ, भद्रपुर नगरपालिका ६ का वडाध्यक्ष प्रेम बडुवाल, एमडिआरटी रबिन शिवाकोटी, राजु पाठक र सिनियर एजेन्सी मेनेजर खिबराज दाहालले मृतक राजवंशीकी श्रीमती ललिता राजवंशीलाई हस्तान्तरण गरेका हुन् ।

Share this with your friends: