युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

2022-05-06
युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(वैशाख २३ गते)आयोजना हुँदैछ । कम्पनीको गत चैत २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा रुपन्देही भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुन लागेको हो। सभामा युनियन लाइफ र अन्य जीवन बीमा कम्पनी एक आपसमा मर्ज हुने सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा आ.व २०७६/७७ लेखापरीक्षकको प्रतिवेदन सहित वासलातm नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । यसैगरी कम्पनीको सीईओको पुनःनियुक्ती र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तीलाई अनुमोदन गरिनेछ । 


Share this with your friends: