युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शुलभ अग्रवाल चयन

2022-05-06
युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शुलभ अग्रवाल चयन

काठमाण्डौ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभाले महत्वपूर्ण निर्णयहरु गर्नुका साथै नयाँ सञ्चालक चयन गरेको छ। सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ अग्रवाल, सन्दीपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल र सीमा गोल्छा तथा सर्वसाधारण समूहतर्फ सीताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको छ। निर्वाचित सञ्चालकहरुको आजै बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ।

यसैगरी सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ। सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति भएको विषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ। 

त्यस्तै बीमा समितिले तोकेको समयभित्र ५ अर्ब चुक्तापुँजी पुर्याउन अन्य जीवन बीमा कम्पनीबीच आपसमा मर्ज हुने ९गाभ्नेरगाभिने०, प्राप्ति गर्ने एक्विजिसन० गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ। बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ। 

कम्पनी मर्जरका लागि विस्तृत लेखापरीक्षण ९डीडीए० गर्नका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने प्रयोजनका लागि पनि सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ।


Share this with your friends: