यूनियन लाइफको मुनाफामा ६६.९४%को गिरावट, बीमाशुल्क आर्जनमा भने १८.६६%को वृद्धि

2022-05-10
यूनियन लाइफको मुनाफामा ६६.९४%को गिरावट, बीमाशुल्क आर्जनमा भने १८.६६%को वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ९९ करोड ८२ लाख ९४ हजार ६९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १८.६६ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ५ अर्ब ५ करोड ५१ लाख १५ हजार ६२० रुपैयाँमा सीमित थियो। 

यस्तै कम्पनीले समिक्षा अवधिसम्ममा लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ५५ करोड ५७ लाख ४७ हजार ४८८ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा यो रकम ४७ करोड ८९ लाख ७४ हजार २५६ रुपैयाँमा सीमित थियो। यसरी कम्पनीको लगानी कर्जा तथा अन्यबाट हुने आयमा १६.०२ प्रतिशतको उछाल आएको छ। 

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३५ करोड ४६ लाख ९५ हजार ७६४ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ४५ करोड ९७ लाख १० हजार ५०१ रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद मुनाफामा गिरावट आएको छ। कम्पनीको खुद मुनाफा ६६.९४ प्रतिशतले गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख ९ हजार ९९७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ७२ लाख ७४ हजार ३४२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च ३.३ प्रतिशतले घटेको छ। कम्पनीको व्यवस्थापन खर्च ६८ करोड १८ लाख ५६ हजार १६१ रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर १० अर्ब ३४ करोड २९ लाख ५४ हजार ५९४ रुपैयाँ पुुगेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ९० करोड २ लाख १० हजार ६९१ रुपैयाँमा सीमित थियो। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  ७३ करोड ७ लाख १४ हजार ०६२ रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १ अर्ब ९ करोड २७ लाख २७ हजार ३९२ रुपैयाँको उचाईमा पुगेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १.६९,मूल्य आम्लानी अनुपात ३८९.६७,प्रतिसेयर नेटवर्थ १५६.४७ र प्रति सेयर कुल सम्पत्तिको मूल्य ६८० रुपैयाँ रहेको छ । 


Share this with your friends: