राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा ढकाल नियुक्त

2022-03-15
राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा ढकाल नियुक्त

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव निर्मल ढकाल नियुक्त भएका छन् । 

ढकाललाई नेपाल सरकार अर्थ मन्त्रालय,वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको फागुन २२ गतेको पत्रअनुसार सञ्चालकमा नियुक्त गरिएको हो । 

नवनियुक्त सञ्चालक ढकालललाई राष्ट्रिय बीमा संस्थानको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकमा अर्थ मन्त्रालय सञ्चालक समितिको अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 


Share this with your friends: