राष्ट्रिय बीमा कम्पनीको सीईओमा ओझा नियुक्त

2022-03-30
राष्ट्रिय बीमा कम्पनीको सीईओमा ओझा नियुक्त

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् । कम्पानीको सञ्चालक समितिको चैत १५ गते बसेको बैठकले ओझालाई प्रमुख कार्यकारी अधिकृतको काम कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको हो । 

उनलाई नेपाल सरकार अर्थ मन्त्रालय,वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय शाखाको चैत १३ को पत्रमार्फत नेपाल सरकार अर्थमन्त्रीस्तरको चैत १३ को निर्णयअनुसार सीईओ भई कामकाज गर्ने जिम्मेवारी तोकिएको थियो । 

नविनियुक्त सीईओ ओझा अर्थ मन्त्रालयका उपसचिव(लेखा)हुन् । 


Share this with your friends: