रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीद्वारा विशेष साधारण सभा आह्वान

2022-06-19
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी असार २० गते काठमाण्डौ शंखमुलमा रहेको अनमोल ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै सुझाव,सल्लाह तथा निर्देशन प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा पूँजीवृद्धिको आवश्यकतालाई ध्यानमा राखि भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  । 

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: