रिलायबल नेपाल लाइफद्वारा नयाँ बोनस दर कायम,अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

2022-03-25
रिलायबल नेपाल लाइफद्वारा नयाँ बोनस दर कायम,अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ। 

कम्पनीले रिलायबल सावधिक जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ २० वा सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ निर्धारण गरेको छ। 

कम्पनीले रिलायबल लघु सावधिक जीवन बीमालेख अन्तर्गत सबै बीमा अवधिका लागि ३० रुपैयाँ कायम गरेको छ ।  

बीमा सीमित लघु सावधिक जीवन बीमा लेख अन्तर्गतका सबै बीमा अवधिका लागि पनि ३० रुयैयाँ बोनस दर तोकेको छ ।  

यसैगरी कम्पनीले रिलायबल सजिलो जीवन बीमालेख अन्तर्गत सबै बीमा अवधिका लागि १३ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।  
रिलायबल सुलभ जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्षसम्मका लागि २० रुपैयाँ, १० देखि १४ वर्षका लागि २५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३२ रुपैयाँ र २० वा सोभन्दा माथि उमेरका लागि ३७।५ रुपैयाँ कायम गरेको छ । 

कम्पनीले रिलायबल उच्च शिक्षा बीमालेख अन्तर्गत ५ देखि १४ वर्ष अवधिका लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ र २० भन्दा माथिका लागि ६५ रुपैयाँ बोनस दर कायम गरेको छ । 

यस्तै सावधिक तथा आजीवन बीमा लेख अन्तर्गत सबै अवधिका लागि ३० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । 

कम्पनीले रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा लेख अन्तर्गत १०,१२ र १४ वर्ष अवधिका लागि ५० रुपैयाँ, र १६,१८ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनस दर कायम गरेको छ । 

यस्तै रिलायबल समुन्नत जीवन बीमा अन्तर्गत सबै बीमा अवधिका लागि २० रुपैयाँ बोनसदर ताकिएको छ ।  

कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको चैत ६ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरिएको जनाएको छ । 


Share this with your friends: