रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन २४.३९%ले वृद्धि,जीवन बीमा कोषको आकार ४ अर्ब माथि

2022-05-11
रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन २४.३९%ले वृद्धि,जीवन बीमा कोषको आकार ४ अर्ब माथि

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ८३ करोड २६ लाख ८० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २४.३९ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २७ करोड ७२ लाख ९० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३३ करोड ३ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा यो रकम २६ करोड ९० लाख ४८ हजार रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५४ करोड ३३ लाख ६४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ११ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी २१ करोड ६ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ३.५४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २० करोड ३४ लाख ४२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ४ अर्ब १८ करोड ४५ लाख १४ हजार रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७६.४० प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २ अर्ब ३७ करोड २१ लाख ४४ हजार रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ८२ करोड ३२ लाख ९१ हजार रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १ अर्ब ३ करोड ३१ लाख ३१ हजार रुपैयाँको उचाइमा पुगेको छ। 
यस्तै कम्पनीको प्रति सेयर आम्दानी २०.०६,प्रतिसेयर नेटवर्थ १८१ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५८१.५४ रुपैयाँ रहेको छ । 


Share this with your friends: