रिलायबल नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

2022-05-17
रिलायबल नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी जेठ २५ गते बुधबारका दिन काठमाण्डौ ज्ञानेश्वरमा रहेको लिसरा ब्याङक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 
उक्त सभामा कम्पनीको पूँजी वृद्धि गर्ने,हकप्रद सेयर जारी गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यसमा नियमनकारी नियकाले कुनै कुनै संशोधन गर्न कुनै सुझाव वा निर्देशन जारी भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कोरोना महामारी प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई आर्थिक सहयोगबापत प्रदान गरिएको ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गरिनेछ । 
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको वासलात,नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७÷७८ का लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने,सर्वसाधारणलाई छुट्टाइएको सेयरमध्येबाट कर्मचारीहरुको हकमा जारी गर्ने सेयर सम्बन्धमा र संस्थापक सेयरधनी समूह क को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  


Share this with your friends: