सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2022-03-27
सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा अन्तर्गतको उप शाखा कलैयाले ४ लाख ६५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले बारा जिल्लास्थित कलैया १० टोल निलकण्ठवा निवासी मृतक बीमित अशोक पासवानको परिवारलाई शोक सभा आयोजना गरी उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो ।  

कम्पनीले वडा अध्यक्ष, स्थानीय प्रहरी तथा सर्वसाधारणको उपस्थितिमा रकम हस्तान्तरण गरेको हो । 


Share this with your friends: