सर्वोत्तम सिमेन्टद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् विशेष अजेन्डा

2021-06-09
सर्वोत्तम सिमेन्टद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् विशेष अजेन्डा

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारण सभा डाकेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो। 

बैठकले आगामी असार १० गते बिहिबारका दिन तीनकुनेमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा आर्थिक वर्ष २०७७÷७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस सेयर र १.००६ प्रतिशत नगद लाभांस गरी कुल २०.१२४ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा १९.११८ प्रतिशतले हुन आउने ६५ लाख कित्ता बोनस सेयर र १.००६ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यस्तै सभामा कम्पनीको हालको जारी तथा चुक्तापूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पूँजीको अनुपात मिलान गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा लभांस वितरण तथा जारी तथा चुक्तापूँजी वृद्धि गर्ने व्यवस्थाअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र प्रस्तावित संसोधनमा सम्बन्धित निकायको आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

कम्पनी आईपीओ निष्कासनको तयारीमा रहेको छ । कम्पनीको गत माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।  

 


Share this with your friends: