साउदी अरब जाने तीर्थयात्रीहरुले अनिवार्य कारोना बीमा गर्नुपर्ने

2021-05-07
साउदी अरब जाने तीर्थयात्रीहरुले अनिवार्य कारोना बीमा गर्नुपर्ने

काठमाण्डौ । साउदी अरबले देशमा आउने मुुस्लिम तीर्थालुुहरुका लागि कोरोना बीमा अनिवार्य गरेको छ। साउदी अरबको हज एण्ड उम्राह मन्त्रालयले देशमा आउने विदेशी तीर्थालुहरुका लागि ६,५०,००० साउदी रियाल(१,७३,३०० अमेरिकी डलर)बराबरको कोरोना बीमाको आवश्यकतालाई अनुमोदन गरेको हो। 

तीर्थयात्रीहरु साउदीमा रहँदा कोरोनाबाट संक्रमित भएको स्थितीमा उनीहरुको आर्थिक सुरक्षा र शीर्घ स्वास्थ्य लाभका लागि यस्तो उपायको अबलम्बन गरिएको साउदी अरबको हज एण्ड उम्राह मन्त्रालयले जनाएको छ। 

यसरी तीर्थालुका लागि जारी गरिने कोरोना बीमा पोलिसीमा संक्रमित तीर्थयात्रीको उपचार खर्च, क्वारेन्टिन प्रक्रियाका लागि लाग्ने खर्च, आपतकालिन मेडिकल खर्च र संक्रमितको मृत्यु भएमा लासलाई स्वेदेश फिर्ता लैजादा लाग्ने खर्चहरु समावेश गरिनेछ। 

बीमा गरिएको रकममा क्वारेन्टिनमा अधिकतम १४ दिनसम्म बस्दा लाग्ने खर्च(प्रतिदिन ४५० साउदी रियाल) समावेश गरिनेछ। यस्तै संक्रमित तीर्थयात्रीको कोरोनाका कारण मृत्यु भएमा निजको लासलाई स्वदेश फिर्ता लैजानका लागि ६५०० साउदी रियालको कभर समेत प्रदान गरिनेछ।     


Share this with your friends: