सानिमा लाइफद्वारा नयाँ बोनस दर निर्धारण,अधिकतम रु.७० सम्म प्रदान गरिने

2022-03-23
सानिमा लाइफद्वारा नयाँ बोनस दर निर्धारण,अधिकतम रु.७० सम्म प्रदान गरिने

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  

कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर)अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४७ रुपैयाँ र २५ देखि माथिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । 

यस्तै सावधिक जीवन बीमा योजना(एकल) अन्तर्गत ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका लागि ६५ रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ । 

यसैगरी त्रिपल सावधिक बीमालेख अन्तर्ग १० देखि १४ वर्षका लागि २० रुपैयाँ,१५ देखि १९ वर्षका लागि २० रुपैयाँ,२० देखि २४ वर्षका लागि २५ रुपैयाँ र २५ देखि माथि वर्षका लागि ३० रुपैयाँ बोनसदर तोकिएको छ । 

दम्पति सावधिक बीमा योजना अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि २० रुपैयाँ,२० देखि २४ वर्षका लागि २४ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । 

सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४७ रुपैयाँ र २५ देखि माथिका लागि ७० रुपैयाँ बोनसको व्यवस्था गरिएको छ । 

यस्तै अग्रिम भुक्तानी योजना अन्तर्गत १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका का लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ बोनस निर्धारण गरिएको छ । 

कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजना अन्तर्गत १५ देखि १९ वर्षका लागि २० रुपैयाँ र २० देखि २४ वर्षका लागि २३ रुपैयाँ बोनसको व्यवस्था गरेको छ । 

उल्लेखित बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागु हुने कम्पनीले जनाएको छ । साथै अर्को बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ । 


Share this with your friends: