सिटिजन लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

2022-03-03
सिटिजन लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी चैत ११ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलस्थित छायादेवि कम्प्लेक्समा रहेको अलोफ्ट काठमाण्डूमा सभा आयोजना गर्ने निर्णग गरेको छ। उक्त सभामा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनुका साथै अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७६र७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। यसका साथै लोखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७६र७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनुका साथै आ।व २०७७र७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

कम्पनीले अधिकृत पूँजी  रु.३ अर्ब र जारी पुंजी रु.२.५० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु,१.७५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले रु.७५ करोडको सर्वसाधारणका लागि सेयर जारी गरी चुक्तापूँजी रु,२.५० अर्ब पुर्याउने जनाएको छ । 

कम्पनीलाई यसअघि इक्रा नेपाल लिमिटेडले इक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङ प्रदान गरेको थियो ।

कम्पनीले प्राप्त गरेको इक्रा एनपी इस्यूअर रेटिङ ट्रीपल बी माइनस रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यसको मतलब कम्पनीको मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । 


Share this with your friends: