सूर्या लाइफद्वारा “सूर्या सुरक्षा कवज” बीमा योजना सार्वजनिक ,यस्ता छन् विशेषता

2022-03-01
सूर्या लाइफद्वारा “सूर्या सुरक्षा कवज” बीमा योजना सार्वजनिक ,यस्ता छन् विशेषता

काठमाण्डौ । सर्वे भवन्तु सुखिन भन्ने मुल नारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपालीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना कम्पनीको प्रधान कार्यालयमा विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

कम्पनीले हालको को विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दि तथा कोरना भाइरसले जनजीवनमा देखिएको त्रस्तताका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा सूर्या सूरक्षा कवज लोकप्रिय हुने विश्वास लिएको छ ।

बीमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्न दृस्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने पुर्ण विश्वास कम्पनीले लिएको छ ।

१८ वर्षको उमेर समुहले रु १ करोडको बीमाङ्कमा वार्षिक रु १४,५५०र– वा मासिक रु १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको छ ।

सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आय श्रोतको आधारमा जति पनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ । १ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइट https://suryalife.com/proposal/buy-policy/184 वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था र्गिरएको व्यहोरा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काज्यूले जानकारी गराएका हुन् । बीमा शुल्क भने उमेर र अबधिको आधारमा फरक पर्न सक्ने छ ।


Share this with your friends: