सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट तीनवटा विधामा सम्मानित

2022-05-03
सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट तीनवटा विधामा सम्मानित

काठमाण्डौ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधामा अवार्ड हासिल गर्न सफल भएको छ।

गत अप्रिल ३० मा भारतको कलकत्तास्थित नोभोटेल होेटेल आयोजित एक समारोहबीच सूर्या लाइफले ‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ आवार्ड हासिल गर्न सफल भएको हो।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यूसी, इन्डिया इस्टिच्युट अफ इन्स्योरेन्सलगायत थुप्रै प्रतिष्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचकांकहरुमा उत्कृष्ट कार्यसम्पादनका आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । बिमस्टेक मुलुकहरुबाट प्यानलिस्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले ती अवार्डहरु ग्रहण गरेका थिए। 

कार्यक्रममा खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाइएका अहम भूमिका र कदमहरुका बारेमा विस्तृत रुपमा प्रस्ट्याएका थिए। नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमा रहेको आवश्यकता र अवस्था बारेमा उनले थप प्रस्ट पारेका थिए। 

यसका साथै बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दूरदराजसम्म पुर्याउन र आमजनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले ठूलो भूमिका खेल्ने खड्काले बताए। 


Share this with your friends: