होलीमा अनावश्यक खर्च कम गरि बीमा गरौं,जीवनलाई रंगिन बनाऔँ

2022-03-17
होलीमा अनावश्यक खर्च कम गरि बीमा गरौं,जीवनलाई रंगिन बनाऔँ

✍विजय कार्की 

आज विश्वभरका हिन्दु धर्मावलम्बीहरुले रंगहरुको पर्व होली मनाईरहेका छन् । आपसी भाइचारा,सद्भाव र वर्षोदेखिको कटुतालाई मित्रतामा बदल्ने पर्वका रुपमा मनाइदै आईरहेको होलीको आफ्नो ुछुट्टै महत्व रहेको छ । 

होलीमा प्रयोगहरु हुने विभिन्न रंगहरुले माहोललाई जसरी उल्लासमय बनाउछन् ,त्यसरी नै हाम्रो जीवनलाई रंगिन अनि हर्षोउल्लासपूर्ण बनाउन केहि तत्वहरु आवश्यक पर्ने गर्छ । ती तत्वहरुमध्ये एक हो, जीवन बीमा । जीवन बीमा हाम्रो जीवनमा आवश्यक पर्ने त्यस्तो एक तत्व हो जसले हाम्रो र हाम्रो परिवारको जीवनलाई सुरक्षा प्रदान गर्दै जीवनलाई रंगविहिन र उजाड हुनबाट जोगाउने गर्दछ । 
होली पर्व मनाउँदै गर्दा भविष्यमा आईपर्ने भवितव्यले जिन्दगीलाई निरस नबनाओस् र सधैव उल्लास कायम रहोस भन्नका लागि जीवन बीमा गर्ने सोच बनाउन आवश्यक देखिन्छ ।  

तर होली पर्वाको विसंगतीलाई लिएर यदाकदा समाजमा बहसहरु चल्ने गर्छन । होलीको धार्मिक महत्वलाई जर्गेना गर्दै यससालई व्यवस्थित र मितव्यती तरिकाले मनाउनुपर्छ भन्ने आवाजहरु सुनिन्छन् । 

होलिको बहानामा जथाभावी रंग उडाने, दल्ने, अण्डा फोड्ने, साथिहरु संग रेस्टुरेन्टमा गएर हजारौं फजुल खर्च गर्ने गरेको देखिन्छ । जसले गर्दा केहि दिन पछि बिरामी भै अस्पतालको ढोका चाहार्नु पर्ने  अवस्था नि आउने गर्छ । त्यस्तो फजुँल खर्च बचत गरि आजै देखि बिमा गरौ  जसले गर्दा  तपाईंको भविश्य उज्यालो हुनुका साथै तपाइँको दिगो बचतको बाटो  खोलिनुको साथै भोलीका दिन हुन सक्ने जोखिम न्यूनिकरणका लागि पनि ठूलो मद्धत गर्दछ  ।


नेपालमा सरकारले बीमा अनिवार्य गरेको छैन , यहाँ  बीमा गराउन अभिकर्ता नै घर घर धाउन पर्ने अवस्था रहेको छ। साना देखि ठुला चाडपर्बमा फुजुल खर्च गर्न तयार हुने हामी सहजरुपमा बीमा गर्न भने तयार हुदैनौ। सामान्यतया बच्चा जन्मेकै दिन देखि बच्चाको बाल भबिस्य बीमाको जोखिम बहन गर्न सकिन्छ ।  एउटै रकमले अभिभावक र बच्चा दुबैको बिमा गर्न सकिन्छ । त्यसै गरि एउटा बयस्क ब्यक्ति  ६५ बर्षको उमेर हुदा सम्म बिमा योजना खरिद गर्न सक्दछ ।  नेपालमा जीवन बीमा गर्ने १९ वटा कम्पनी रहेका छन् ।  सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका  १८ वटा कम्पनीले यो सेवा प्रदान गर्दै आएका छन । 

५ लाख बीमाङ्क रकमको कसैले बीमा गरेको छ भने बीमा अवधिको विचमा कुनै दुर्घटना भएर मृत्यु हुदा बिमितको परिवारलाई १५ लाख ५० हजार  र  दुर्घटना अवधी सम्मको बोनस रकम प्रदान गर्दछ। प्राण घातक रोग लागेको अवस्थामा उपचार खर्च  तथा  स्थायी पूर्ण अपांगतामा बिमान्क रकम तत्काल  सिटिजन लाइफको  शुभारम्भ योजनाले प्रदान गर्दछ । बिमा अवधी भरी कुनै भवितव्य  भएन भने अवधि समाप्तमा बिमान्क रकम र  बोनस रकम सहित  फिर्ता हुन्छ । 

दशै, तिहार, तिज, माघी, होली ,जन्म दिन, पास्नी, बैवाहिक बर्ष गाठ आदिमा हुने फजुल खर्च कम गरेर जीवन बीमा गर्न सकिन्छ । यस बाट बचत बढ्नुका साथै जोखिम घट्नेछ । मानबिय जीवन जोखिमै जोखिमले भरिपूर्ण छ त्यसैले  जीवन बीमा जरुरी छ ।

(लेखक सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध छन् ।)


Share this with your friends: