‘चाइना लाइफ’द्वारा अपेक्षा गरेभन्दा कम मुनाफा आर्जन

2022-03-28
‘चाइना लाइफ’द्वारा अपेक्षा गरेभन्दा कम मुनाफा आर्जन

काठमाण्डौ । चीनको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी‘चाइना लाइफ इन्स्योरेन्स’ले अनुमान गरेभन्दा कम मुनाफा आर्जन गरेको छ। चाइना लाइफले सन् २०२१ मा अनुमान गरेभन्दा कम अर्थात ५०.९२ बिलियन चिनिया युआन(८ बिलियन डलर) मुनाफा आर्जन गरेको हो। जुन अघिल्लो वर्षको तुलानमा भने १.३ प्रतिशतले धेरै हो। 

विश्लेषकहरुले चाइना लाइफले सन् २०२१ मा ५७.५ बिलियन चिनिया युआनबराबरको मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेका थिए। 
चाइना लाइफले सन् २०२१ मा ६१८.३३ बिलियन युआन बीमाशुल्क आर्जन गरेको छ। रिपोर्टका अनुसार कम्पनीले लगानीबाट हुने आयबापत २१४.०६ बिलियन युआन आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलानामा ७.८ प्रतिशतले धेरै हो। 

त्यस्तै समिक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति १५ प्रतिशतले वृद्धि हुँदै ४.८९ ट्रिलियन युआन रहेको छ।  

 


Share this with your friends: