‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

2022-03-15
‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ। 

कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना ग्राहकमाझ प्रस्तुत गरेको हो। यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा हो। 


भनिन्छ– मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिँदैन। यस्तो जोखिम मानिसको जीवनमा बाचुन्जेल चली नै रहन्छ। तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको हो।

बीमा अवधि समाप्तिपश्चात पनि जोखिम वहन गर्नुका साथै कम्पनीले बहन गर्ने जोखिमअन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो।

विशेषताहरु

१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्र्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन्। बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम रु. २५ हजारदेखि आयस्रोतका आधारमा जति पनि बीमांक रकमको बीमा गर्न सकिनेछ।

बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ। यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १% छुट प्राप्त हुनेछ तर अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन। 

त्यसैगरी यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३% थप लाग्नेछ भने मासिक छनोट गर्दा ६% थप लाग्नेछ।

ऋण तथा समर्पण सुविधा

  • वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ।
  • समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ।
  • बीमालेखको बीमा अवधि समाप्तिपश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी भएको ५ वर्ष पूरा भइसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ। यसका साथै बीमितले इच्छाइएअनुसार अग्रिम भुक्तानीका रुपमा उल्लेख भएअनुसार समेत भुक्तानी लिन सक्नेछ। यसका लागि बीमितले बीमा सुरु गर्दाको समयमा नै कुन तरिकाको सर्भाइभल बेनिफिट लिने भनी उल्लेख गर्नुपर्ने हुन्छ।
  • बीमालेखको बीमा अवधि समाप्तिपश्चातको समर्पण गणना गर्दा सुरुमै उल्लेख गरेको सर्भाइभल बेनिफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिनेछ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन।
  • बीमा अवधि समाप्तिपश्चातको समर्पण तथा सर्भाइभल बेनिफिट सुविधा लिनका लागि परिपक्व हुने मितिसम्मको सम्पूर्ण किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्ने छ।
ऐच्छिक सुविधाहरु

१) दुर्घटना मृत्यु लाभ सुविधा 

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकमबराबर अधिकतम रु. १ करोडसम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिने छ।

२) बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा 

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकमबराबर अधिकतम रु. १ करोडसम्मको बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा लिन सक्नेछ।

३) घातक रोग सुविधा 

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकमबराबर अधिकतम रु. ५० लाखसम्मको घातक रोग सुविधा लिन सक्नेछ।

बीमांक रकम भुक्तानी पाउने अवस्था 

पूर्ण अवधि भुक्तानी 

बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमांक रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइनेछ।

आंशिक अवधि भुक्तानी

सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्तिपश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरेबमोजिमको बीमांक रकम पुनः प्रदान गरिनेछ। जसका लागि बीमा सुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको बीमांक लिने भनी उल्लेख गर्नुपर्ने हुन्छ।

क) बीमितको उमेर ७५ वर्ष पुगे पछि बीमांक रकमको ६०% भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने।

ख) बीमितको उमेर ८० वर्ष पुगे पछि बीमांक रकमको ८०% भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने।

ग) बीमितको उमेर ८५ वर्ष पुगे पछि बीमांक रकमको १००% भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने।

यदि बीमाशुल्क भुक्तानी अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानी उपभोग गर्नुअगावै बीमितको मृत्यु भएमा पुनः पूरा बीमांक रकम प्रदान गरिनेछ।

मृत्यु दाबी भुक्तानी

  • बीमालेख चालु रही बीमा अवधि समाप्तिभित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ।
  • सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्तिपश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेरभित्र जीवित लाभ रकम लिनुभन्दा अगाडि जुनसुकै समयमा बीमितको मृत्यु भएमा पुनः बीमांकबराबरको रकम प्रदान गरिनेछ। 
  • बीमा अवधि समाप्तिपश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधाबापतको रकमको दाबी भुक्तानी दिइने छैन।
  • यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको अवस्थामा चालु बीमालेखअन्तर्गत बीमा अवधि समाप्तिभित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम + दुर्घटना मृत्यु लाभ सुविधाबवापतको बीमांक रकम + आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ।
  • यदि दुर्घटना मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधा लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानीभित्र बीमितको दुर्घटनाको कारणबाट अंगभंग भई पूर्ण अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपांग अशक्त बीमितलाई भुक्तानी गरिनेछ।
  • सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख समाप्ति भएमा बीमा अवधि समाप्तिपश्चातको थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटनाबापतको रकम प्रदान गरिने छैन।

 

 

Share this with your friends: