पत्रकारहरुका लागि रु. ७ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था, प्रिमियमको ५०% रकम सरकारले व्यहोर्ने

2021-05-29
पत्रकारहरुका लागि रु. ७ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था, प्रिमियमको ५०% रकम सरकारले व्यहोर्ने

काठमाण्डौ । श्रमजिवी पत्रकारहरुका लागि रु. ७ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै पत्रकारहरुका रु. ७ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरिने बताएका हुन् । यसमा बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले ब्योहोर्ने व्यवस्था मिलाइनेछ उनल ेबताए । 

यस्तै पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्था समेत मिलाइने अर्थमन्त्रीले बताए । 


Share this with your friends: