काठमाण्डौमा नेशनल लाइफका अभिकर्ताको राष्ट्रिय सम्मेलन, उत्कृष्टलाई नगद र सम्मान

2020-08-03
काठमाण्डौमा नेशनल लाइफका अभिकर्ताको राष्ट्रिय सम्मेलन, उत्कृष्टलाई नगद र सम्मान

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा असोज ५ गते सम्पन्न भएको छ । 

समारोहमा आर्थिक वर्ष २०७५/०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष बारे जानकारी गराउदै कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष रु.२७ अरब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको रु.२ अरब लाई पार गरेर हाल रु.३ अरब पुगेको अवगत गराएकी थिइन ।

सिंहले वर्तमान प्रतिष्पर्धात्मक बजारमा कम्पनीले ब्यवसाय विस्तारको लागि शाखा विस्तार, प्रविधिमा लगानी र नँया बीमालेखहरुमा विशेष ध्यान दिइएको बताइन । 

ब्यवसाय विस्तार संगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत विशेष ध्यान दिएको र गत वर्ष देखि विपन्न वर्गका बाल(बालिकाहरुलाई शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने हिसाबले “बाल(बालिका शिक्षा योजना छात्रवृत्ति कार्यक्रम” संचालन गरेकोमा गत वर्ष ६ जना विपन्न वर्गका बाल(बालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराइएको र चालु वर्षमा थप ९ जना गरी हालसम्म जम्मा १५ जना बाल(बालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराइएको जानकारी गराउदै आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्षले प्रतिवद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा कार्यकारी प्रमुख भरत वस्नेतले आ.व.२०७५/०७६ मा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताउँदै ब्यवसाय संचालनको विविध पक्ष बारे जानकारी प्रस्तुत गरेका थिए। 

समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपालभरमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः रु.४ लाख, रु.३ लाख र रु.२ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः रु.२.५० लाख, रु.२ लाख र रु.१ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । 

समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि भारतबाट आएका प्रख्यात प्रशिक्षक टि.एस.मदानबाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो । मदान भारतको जीवन बीमा क्षेत्रमा एक चिर परिचित व्यक्ति हुन । र, उनले यस्तो प्रशिक्षण संचालनमा ठूलो ख्याती समते कमाएका छन् । 
 


Share this with your friends: