ई–सेवामार्फत ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था

2022-03-31
ई–सेवामार्फत ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था

काठमाण्डौ । विद्युतीय भुक्तानी सेवा प्रदायक ई–सेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाउन सकिने भएको छ ।

अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न इसेवाले यस्तो योजना सञ्चालनमा ल्याएको हो । यस योजना अनुसार ज्योति लाइफका बीमितहरुले प्रिमियमको ०.५ प्रतिशत देखि अधिकतम एक हजार रुपैपाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

यस योजनामा सहभागी हुनका लागि इसेवामा केवाइसी भेरिफाइ भएको हुनुपर्नेछ भने प्रिमियम बुझाउने म्याद ७ दिन ननाघेको हुनुपर्नेछ । बीमितले आफुले प्रिमियम भुक्तानी गरेको ४८ घण्टाभित्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । इसेवामार्फत नेपालका सबै लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिन्छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ 


Share this with your friends: