बीमा संसार


चीनलाई भारतको झट्का, एलआईसीको आईपीओमा चिनियाँ लगानी रोक्ने तयारी

काठमाण्डौ । भारत सरकारले चिनियाँ लगानीकर्ताहरुलाई भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी)को सेयर खरिद गर्न रोक्ने तयारी गरेको छ ।  दुई देशबीचको बढ्दो तनावसँगै नयाँ दिल्लीले चिनियाँ लगानीकर्ताहरुलाई एलआईसीको आईपीओमा लगानी गर्न रोक लगाउने तयारी गरेको हो ।  भारत सरकारका चार उच्च सरकारी अधिकारी र एक...

बंगलादेशका सबै उद्योग तथा कलकारखानाहरुमा सामूहिक बीमा अनिवार्य गरिँदै

काठमाण्डौ । बंगलादेशका सबै उद्योग तथा कलकारखानाहरुमा सामूहिक बीमा अनिवार्य गरिने भएको छ। बंगलादेशको बीमा नियामक‘द इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुलेटरी अथोरिटी(आईडीआरए)ले देशको श्रम कानुन अन्तर्गत सबै सबै उद्योग तथा कलकारखानाहरुलाई सामूहिक बीमा अनिवार्य गर्न लागेको हो।    बंगलादेशको उद्योग क्षे त्रमा हालै घटेको दुुखद...

विश्व पुनर्बीमा दरमा भईरहेको वृद्धिले सन् २०२२ मा पनि निरन्तरता पाउने

काठमाण्डौ । विश्व पुनर्बीमा दरमा भईरहेको वृद्धिले सन् २०२२ मा पनि निरन्तरता पाउने प्रक्षयेपण गरिएको छ। रेटिङ एजेन्सी मुडिज एनालिस्टले मंगलबार यस्तो जनाएको हो।  आधिँबेरी,तुफान, बाढीपहिरा आगलागी जस्ता प्राकृतिक प्रकोपका घटनाहरुमा भएको वृद्धि र कोरोना महामारीका कारण पछिल्ला केहि वर्षदेखि विश्व पुनर्बीमा दर वृद्धि भईरहेको...

1663308665norvic-gif.gif

‘मिसनःइम्पोसिबल सेभेन’ निर्माता कम्पनीद्वारा बीमा कम्पनीबिरुद्ध मुद्धा दायर

काठमाण्डौ । हलिउड चलचित्र निर्माता कम्पनी पारामाउन्ट पिक्चर्स कर्पले ‘मिसनःइम्पोसिबल सेभेन’ चलचित्र निर्माणमा कोरोना महामारीका कारण भएको ढिलाई र अवरोध सम्बन्धि दाबी भुक्तानी नगरेको भन्दै अमेरिकाको फेडरल इन्स्योरेन्स कम्पनी चुब लिमिटेडका विरुद्ध मुद्रा दायर गरेको छ। मिसन इम्पोसिबल हलिउडका चर्चित नायक टम क्रुजले निर्माण गरेको...

स्विस रिलाई उछिन्दै म्यूनिख रि बन्यो विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी

काठमाण्डौ । म्यूनिख रि विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ। स्विस रिलाई पछि पार्दै म्यूनिख रिले विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने सफलता हात पारेको हो।  एएम वेष्टले प्रकाशित गरेको वार्षिक सूचीअनुसार सन् २०२० मा विश्वका शीर्ष ५० पुनर्बीमा समूहमा म्यूनिख  रिल अग्रस्थानमा पुगेको हो। म्यूनिख रि यसअघि सन्...

सन् २०२१ को पहिलो ६ महिनामा विनाशकारी घटनाहरुका कारण विश्वभरका बीमकहरुले व्यहोरे ४२ बिलियन डलर घाटा

काठमाण्डौ । सन् २०२१ को पहिलो ६ महिनामा विभिन्न विनाशकारी घटनाहरुका कारण विश्वभरका बीमा कम्पनीहरुले ४२ बिलियन डलर घाटा व्यहोरेका छन्। जसमध्ये ४० बिलियन डलर प्राकृतिक प्रकोपका घटनाहरुले निम्त्याएको घाटा हो। हालै प्रकाशित भएको स्विस रि इन्स्टिच्युटको रिपोर्टमा यस्तो देखिएको हो।  यो वर्षको पहिलो ६ महिनामा देखिएको यो घाटा १० वर्षको...

16454172591200x120.gif

थाइल्यान्डका बीमकहरुले कोरोना बीमाबापत ३०० मिलियन डलर दाबी भुक्तानी गर्नसक्ने प्रक्ष्येपण

काठमाण्डौ । थाइल्यान्डका बीमकहरुले कोरोना बीमाबापत १० बिलियन थाई भाट(३०० मिलियन अमेरिकी डलर) दाबी भुक्तानी गर्नुपर्ने अनुमान गरिएको छ। थाइल्यान्ड जनरल इन्स्योरेन्स एसोसियसनका अध्यक्ष एनोन भाङभासुले यस्तो बताएका हुन्।  यसका साथै उनले थाइल्यान्डमा कोरोना बीमाबापतको दाबी भुक्तानीमा वृद्धि भईरहेको बताएका छन्। यो वर्षको सुरुवाति...

एलआईसीको आईपीओ दुई चरणमा आउँदै, भारतमा पहिलोपटक यस्तो हुदैँ

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी भारतको आईपीओ दुई चरणमा निष्कासन गरिने भएको छ। दुई चरणमा निष्कासन गर्न लागिएको भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीको आईपीओबीचको अन्तराल केहि महिनाको हुनेछ। भारतीय सेयर बजारले यति ठूलो परिणामको आईपीओलाई सम्हाल्न सक्ने अवस्था नभएकाले कम्पनीको आईपीओ दुई चरणमा निष्कासन गर्न...

श्रीलंकाको बीमा उद्योगको बीमाशुल्क आर्जन ५.९९%ले वृद्धि, दाबी भुक्तानी ५ वर्ष यताकै कम

काठमाण्डौ । श्रीलंकाको बीमा उद्योगले सन् २०२० मा २०८२५० मिलियन श्रीलंकन रुपि(एलकेआर) बीमाशुल्क आर्जन गरेको छ। यो रकम सन् २०१९ को तुलनामा ५.९९ प्रतिशतले धेरै हो। श्रिलंकाको बीमा नियामक‘इन्स्योरेन्स रेगुलेटरी कमिसन अफ श्रिलंका’का अनुसार सन् २०१९ मा श्रीलंकाको बीमा उद्योगले १९६४७२ मिलियन एलकेआर बीमाशुल्क आर्जन गरेको थियो।  कोरोना...

चीनमा आएको भारी वर्षा र बाढीले पुर्याएको क्षतिको दाबी भुक्तानी १.७ बिलियन नाघ्यो

काठमाण्डौ । चीनमा आएको बाढी पहिरो र भारी वर्षाले पुर्याएको क्षतिका कारण १ बिलियनभन्दा धेरै दाबी भुक्तानीको माग भएको छ। चीनमा आएको रेकर्डतोड वर्षा र बाढी पहिरोबाट प्रभावित सेन्ट्रल हेनन प्रान्तका प्रभावितहरुले बीमा कम्पनीहरुमा १.७ बिलियन डलर(११.२ बिलियन चिनिया युआन)भन्दा धेरै दाबी भुक्तानी माग गरेका छन्।  यो प्राकृतिक प्रकोपबाट ११४.३...

बेलायत सरकारद्वारा म्यूजिक फेस्टिबलहरु कभर गर्नका लागि १ बिलियन डलरबराबरको पुनर्बीमा स्किम लन्च

काठमाण्डौ । बेलायत सरकारले ७५० मिलियन पाउन्ड(१ बिलियन डलर)मूल्य बराबरको पुनर्बीमा स्किम लन्च गरेको छ। बेलायत सरकारले कोरोना महामारीका विरुद्ध लाइभ इभेन्ट्सहरु रद्ध गनुपर्ने जोखिमहरुको कभरका लागि १ बिलियन डलरबराबरको पुनर्बीमा स्किम ल्लाएको हो।  गत वर्ष बेलायतका बीमकहरुले महामारीको बढ्दो दरसँगै इभेन्टस्हरु रद्ध गर्ने नितीहरुबाट...

चीनको बीमा नियामकले प्राकृतिक प्रकोप कभरेज बढाउन बीमकहरुलाई गाइड गर्ने

काठमाण्डौ । चीनको बैंकिङ तथा बीमा नियामक(सीबीआईआरसी)ले प्राकृतिक प्रकोप बीमा बढाउन तथा प्रडक्ट अफरिङ अभिवृद्धि गर्नका लागि बीमकहरुलाई गाइड गर्ने जनाएको छ।  यसका साथै सीबीआईआरसीले जोखिमहरुका बारेमा जनचेतना अभिवृद्धि गर्ने योजना बनाएको छ ताकि राष्ट्रिय आपतकालिन प्रतिक्रियामा प्राकृतिक प्रकोप बीमाले महत्वपूर्ण भुमिका निर्वाह गर्न...

सन् २००८ को वित्तीय संकटको तुलनामा विश्व बीमा उद्योग तीव्र गतिमा पुनरुत्थान हुने

काठमाण्डौ । कोरोना महामारीको प्रभावबाट विश्व बीमा उद्योग सन् २००८ को वित्तीय संकटभन्दा तीव्र गतिमा पुनरुत्थान हुने भएको छ। न्यून ब्याज दर र मुद्रास्फिीतीको जोखिम जस्ता अवरोधहरुका बाबजुत विश्व बीमा उद्योग तीव्र गतिमा पुनरुत्थान हुने स्विस रिले जनाएको हो।  सन् २००८ को जस्तो अहिले कोरोना महामारीले बीमकहरुको समग्र पूँजीकरण तथा...

दंगाले पुर्याएको क्षतिका कारण दक्षिण अफ्रिकाको बीमा उद्योगले १ बिलियन डलरसम्म घाटा व्यहोर्न सक्ने

काठमाण्डौ । दक्षिण अफ्रिकामा राजनैतिक दंगाका कारण भएको क्षतिले त्यहाँको बीमा उद्योगले १ बिलियन डलरबराबरको घाटा व्यहोर्नु पर्न हुन सक्ने अनुमान गरिएको छ। डेटा एनालिस्ट कम्पनी‘प्रोपटी क्लेम सर्भिसेस(पीसीएस)का प्रमुख जोहान मेयर्सले दंगाले पुर्याएको क्षतिका कारण दक्षिण अफ्रिकाको बीमा उद्योगले ६०० मिलियनदेखि १ बिलियन डलरसम्म घाटा...

जर्मन पुनर्बीमा कम्पनी‘म्यूनिख रि’को मुनाफा ९०%ले वृद्धि

काठमाण्डौ । विश्वको अग्रेणी पुनर्बीमा कम्पनी म्यूनिख रिकोे मुनाफा ९० प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा अनुमान गरेभन्दा धेरै अर्थात ९० प्रतिशतले वृद्धि भएको हो ।  जर्मन पुनर्बीमा कम्पनी म्यूनिख रिले प्राकृतिक प्रकोपहरुबाट भएको घाटा तुलनात्मक रुपमा कम भएकाले दोस्रो त्रैमासमा खर्चहरु...