जीवन बीमा


फागुन महिनामा जीवन बीमा कम्पनीहरुले जारी गरे ११.३७ लाख बीमालेख, कतिको कति ?

काठमाण्डौ । फागुन महिना जीवन बीमा कम्पनीहरुले ११ लाख बढी बीमालेख जारी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिना मात्रै जीवन बीमा कम्पनीहरुले ११ लाख ३७ हजार ७४९ बीमालेख जारी गरेका हन् ।  बीमा समितिका अनुसार फागुन महिनामा मेट लाइफ इन्स्योरेन्सले सबैभन्दा बीमालेख जारी गरेको छ । यो एक महिनाको अवधिमा मेट लाइफले ७ लाख २...

नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा कोआज आयोजना हुँदैछ। कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २१ औँ वार्षिक साधारण सभा आज चैत २१ गते पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा आयोजना हुन लागेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १४...

जीवन बीमा कम्पनीहरुद्वारा ९२.२० अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९२ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ...

1663308665norvic-gif.gif

गुल्मीको रेसुंगामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रमअन्तर्गत गुल्मीको रेसुंगा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। आज चैत २० गते सिद्धबाबा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टुका १२० विद्यार्थीको सहभागिता थियो। शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा...

प्राइम लाइफको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको गत मंसिर १९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  कम्पनीले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका...

सफा हिमाल अभियानमा नेपाल लाइफ इन्स्योरेन्सको साथ

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ। बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो। नेपालमा पर्वतारोहणका लागि खुला हिमालहरु ९खासगरी सगरमाथा क्षेत्र० मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो...

16454172591200x120.gif

ई–सेवामार्फत ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था

काठमाण्डौ । विद्युतीय भुक्तानी सेवा प्रदायक ई–सेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाउन सकिने भएको छ । अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न इसेवाले यस्तो योजना सञ्चालनमा ल्याएको हो । यस योजना अनुसार ज्योति लाइफका बीमितहरुले प्रिमियमको ०.५ प्रतिशत देखि अधिकतम एक हजार...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा ओझा नियुक्त

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् । कम्पानीको सञ्चालक समितिको चैत १५ गते बसेको बैठकले ओझालाई प्रमुख कार्यकारी अधिकृतको काम कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको हो ।  उनलाई नेपाल सरकार अर्थ मन्त्रालय,वित्तीय क्षेत्र व्यवस्थापन तथा...

प्रभु लाइफका नवनियुक्त अध्यक्ष सुभाष अमात्यद्वारा सपथ ग्रहण

काठमाण्डौ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष सुभाष अमात्यले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  नवनियुक्त अध्यक्ष अमात्ले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आज सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणसँगै आज उनले कार्यभार सम्हालेका छन्। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले संस्थापक सेयरधनीहरुबाट...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा कास्कीको लेखनाथमा उपशाखा विस्तार

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उपशाखा कार्यालयको उद्घाटन गरेका हुन्।  कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो। कार्यालय...

बीमासँग जोडिएका ठगीबाट बच्न यी कुरामा दिनुपर्छ ध्यान

काठमाण्डौ । विश्व महामारीपश्चात जीवन बीमाको माग वृद्धि भईरहेको छ। तथापी बजारमा दर्जनौ जीवन बीमा कम्पनीहरु र सयौँ बीमा प्रडक्टहरु उपलब्ध छन्। जसका कारण आफुलाई उपयुक्त हुने बीमा पोलिसी छान्न कठिनाई हुने गर्छ। यस्तोमा मानिसहरु बीमासम्बन्धी जालसाझीको सिकार हुने गर्छन।  बीमासम्बनधी जालसाझीबाट बच्ने र आफुलाई उपयुक्त हुने बीमा पोलिसी...

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको  गत माघ २१ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर माघ ११ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ।  कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत १३ गते प्रधान कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणका लागि सार्वजनिक गरेका हुन्। प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु...

आधुनिक नेपाल लाइफ पाठशालाको शुभारम्भ

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त ‘नेपाल लाइफ...

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा अन्तर्गतको उप शाखा कलैयाले ४ लाख ६५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले बारा जिल्लास्थित कलैया १० टोल निलकण्ठवा निवासी मृतक बीमित अशोक पासवानको परिवारलाई शोक सभा आयोजना गरी उक्त रकमबराबरको चेक हस्तान्तरण...