सेयर बजार


प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ ।  प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरिएको हो । योजना व्यवस्थापक प्रभु क्यापिटलको भदो ३१ गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल...

प्रभु सेलेक्ट फण्डले एक महिनामै किन्यो २ लाख कित्ता सेयर, सर्वाधिक लगानी बीमा कम्पनीमा

काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सर्वाधिक नाफा आर्जन गर्ने ‘प्रभु सेलेक्ट फण्ड’को सेयरबजारमा झण्डै एक अर्ब रुपैयाँ लगानी रहेको छ । हाल ४४ वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् । जेठ मसान्तसम्म प्रभु सेलेक्ट फण्डले ११ करोड ८८ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो महिना वैशाखको तुलनामा ६६.४३ प्रतिशतले बढी हो । वैशाख...

प्रभू क्यापिटल बन्यो श्री डिष्टिलरीले आईपीओ निश्कासनमा बिक्री प्रबन्धक

काठमाण्डौ । श्री डिष्टिलरीले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको  हो ।   कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ ।...

1663308665norvic-gif.gif

धेरै म्युचुअल फण्ड घाटामा जाँदा प्रभूका भने नाफामा, स्मार्ट लगानी रणनीतिको प्रतिफल

काठमाण्डौ । कम जोखिम र मध्यम प्रतिफल नाफा दिने योजनाका रुपमा सामूहिक लगानी कोष (म्युचुअल फण्ड)अन्तर्गत सञ्चालित योजनाहरुलाई लिन सकिन्छ ।    म्युचुअल फण्डलाई एक उपयुक्त लगानी उपकरणको रुपमा समेत प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि...

नागरिक लगानीकोषको लाभांश घोषणा, बोनस कति ?

काठमाण्डौ । नगारिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकलेे गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।   बैठकले गत आवको आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत(कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ...

श्री डिष्टिलरीले ९.६० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । श्री डिष्टिलरीले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको  हो ।   कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ ।...

16454172591200x120.gif

प्रभु क्यापिटलद्वारा केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक यूथ क्याम्पसमा वित्तिय सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । ग्लोबल मनि विकको अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।   प्रभु क्यापिटलले चैत ०८ गते कीर्तिपुर स्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमा ‘भिजिट मर्चेन्ट बैंक’ अन्तर्गत मर्चेन्ट...

प्रभु क्यापिटलको ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम, विद्यार्थीलाई बैंकिङ सिकाउँदै

काठमाण्डौ । ग्लोबल मनी विक–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले आज बुधबार वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम सम्पन्न गरेको छ।   ग्लोबल मनी विक खासगरी किशोर तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ। यस...

चिकित्सकहरुलाई प्रभू क्यापिटलको सेयर बजार बारे तालिम

काठमाण्डौ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक २०२४) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ गते वित्तिय साक्षरता कार्यक्रमअन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरुबीच कार्यक्रम सम्पन्न गरेको छ ।   कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख सञ्चालक अधिकृत सन्देश जिसि लगायतका कार्य समितिका...

ब्रोकरले असूल्दै आएका चर्को कमिसन घटाउने तयारी अर्थमा गएर तुहियो, प्रतिवेदन रद्दीको टोकरीमा

काठमाण्डौ । अर्थमन्त्रालयले चासो नदिएपछि सेयर कारोबार गर्दा लगानीकर्ताहरुले ब्रोकरलाई तिर्दै आएको चर्को कमिसन तत्कालका लागि नघट्ने देखिएको छ ।   अर्थमन्त्रालयका अधिकारीहरु लाखौं लगानीकर्ताहरुको हितलाई बिर्सिएर सीमित संख्याका ब्रोकरहरुको हितमा मात्र केन्द्रीत हुँदा ब्रोकर कमिसन घटाउने गरी अन्तिम अवस्थामा पुगेको तयारी समेत...

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.७६ अंकले घटेर २ हजार ३३ को विन्दुमा झरेको छ ।   नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ, भने बाँकी ८ समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०३...

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५४.८३ अंकले घट्दै ७८९२.४३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १२२.६८ अंकले घट्दै ९१४४.०८ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा आज एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज प्रभु...

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा  राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार ५०० कित्ता सेयर आज(असार ५ गते)देखि बिक्रीमा राखिएको हो ।  यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य भने निर्धारण गरिएको छैन ।  सेयर...

आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार ५ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत असार १ गतेदेखि आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।  निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ लाख ३५ हजार कित्ता कर्मचारीहरुका लागि र ५...

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर आज(असार २ गते)देखि लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...