अन्तिम दिन चम्कियो बीमा, खतिवडा अमेरिका जाने खबरले नेप्सेमा उछाल

2020-10-01
अन्तिम दिन चम्कियो बीमा, खतिवडा अमेरिका जाने खबरले नेप्सेमा उछाल

काठमाण्डौ । साताको सुरुवातदेखि नै ओरालो यात्रा तय गरिरहेको बीमा समूहहरुको परिसूचकमा आज अन्तिम दिन देखिएको पुनरागमनले लगानीकर्ताहरु उत्साहित बनेका छन्। साताको अन्तिम कारोबार आज जीवन बीमा र निर्जीवन बीमा दुवैको परिसूचकमा वृद्धि भयो। यो दिन जीवन बीमा समूहको परिसूचक १५७.३३ अंकले बढ्दै ९६३९.१३ बिन्दुको उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूह ३५.७ अंकले ओरालो लागेको थियो। 

त्यस्तै आज निर्जीवन बीमा समूहमा उछाल नै आयो। १२ वटा समूहको परिसूचकमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहको परिसूचकमा देखियो। यो समूह आज ३३३.२९ अंकले उकालो लाग्दै ८०४४.९२ को बिन्दु चुम्न सफल रह्यो। अघिल्लो कारोबार दिन यो समूहमा ५१.५५ अंकले घटेको थियो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। आज बीमा कम्पनीहरु तर्फ सबैभन्दा धेरै वृद्धि एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा देखियो। यो कम्पनीको सेयरमूल्य ५.७० प्रतिशतले वृद्धि हुदै प्रतिकित्ता ५५६ रुपैयाँ कायम भयो। 

त्यस्तै सिदार्थ इन्स्योरेन्सको सेयरमूल्य पनि ४.७५ प्रतिशतले वृद्धि भयो। यसैगरी युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले पनि ४.५० प्रतिशत एनएलजी इन्स्योरेन्सकाले ४.४४, प्रभु इन्स्योरेन्स ४.४१, लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ४.३७, शिखर इन्स्योरेन्स ४.३३, प्रुडेन्सियल इन्स्योरेन्स ४.१८, गुराँस लाइफ इन्स्योरेन्स ४.०९, प्रिमीयर इन्स्योरेन्स ४.०२, सगरमाथा इन्स्योरेन्स ३.७६ र आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले  ३.७३ प्रतिशतका दरले कमाए। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचकमा बहार छायो। २०.६४ को दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक १५७१.०७ को उचाईमा पुग्यो। यो दिन बजारमा १९३ कम्पनीका ९६ लाख ९४ हजार ५३ कित्ता सेयर २ अर्ब ७३ करोड ४२ लाख ४ हजार १३९ रुपैयाँमा किनबेच भयो। पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको खबर सार्वजनिक भएसँगै आज बजारमा लगानीकर्ता एकाएक उत्साहित बनेका थिए। यो खबरको प्रभाव नेप्से परिसूचकमा देखियो र उत्साहित लगानीकर्ताका कारण नेप्सेले तीव्र गतिमा उकालो यात्रा समातेको थियो।  

बैंकिङ समूह १८.८६ अंकले वृद्धि भएको यो दिन व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८, वित्त ५.७९, उतपादन तथा प्रशोधन ४९.७९, अन्य २.९७ र लघुवित्त २०.८१ अंकले बढे। 

यस्तै आज हाईड्रो समूह २४.५२ अंकले ओरालो लाग्यो्। केहि सातायता निरन्तर वृद्धि भइरहेको हाईड्रो समूहका लगानीकर्ता आज भने मुनाफा सुरक्षित गर्न तर्फ लाग्दा यो समूहको परिसूचकमा गिरावट आयो। 

आज म्युचुअल फन्ड समूह पनि ०.०१ अंकले घट्यो। 

आज पाँचवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। यो दिन सप्तकोशी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशत र कामना सेवा विकास बैंक, मल्टीपर्पस फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज बैंक अफ काठमाण्डूको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भयो। 

यो दिन सबैभन्दा गुमाउने १० कम्पनीहरुमा सबै हाइड्रो समूहका छन्। जसमा माउन्टेन हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो। यसैगरी पञ्चकन्य माई हाइड्रोपावर र हिमालय ऊर्जा विकास कम्पनीको सेयरमूल्यमा पनि ६ प्रतिशत बढीको गिरावट आयो।   
 
आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ९९ लाख ३० हजार ८३० कित्ता सेयर २ अर्ब ८० करोड ७७ लाख ८ हजार १३७ रुपैयाँमा कारोबार भयो। 
यो दिन कोरोना संकटका बेला पनि गत आर्थिक वर्षका लागि आकर्षक लाभांश प्रस्ताव गरेको बैंक अफ काठमाण्डूको सेयर लगानीकर्ता झुम्मिँदा कारोबार रकम सर्वाधिक १४ करोड ७६ लाख रुपैयाँ बढीको भएको छ। यो बैंकले गत आर्थिक वर्षका लागि १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जब कि कोरोनाकालमा अधिकांश बैंकहरुले १० प्रतिशतमुनि नै लाभांश प्रस्ताव गर्ने अनुमान गरिएको छ। 

शिखिर इन्स्योरेन्सले १३ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार गरेको यो दिन अरुण भ्याली हाइड्रोपारको १२ करोड ३० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ४१ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ७ करोड ७९ लाख रुपैयाँ, कुमारी बैंकको ६ करोड ७५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ६ करोड ७२ लाख रुपैयाँ, प्रभु बैंकको ६ करोड ३६ लाख रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड २८ लाख रुपैयाँ र नेपाल बैंकको ६ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भयो। 

 


Share this with your friends: